प्रदेशसभा सदस्य मानबहादुर धामी सन्तोषलाई कोरोना पुष्टि

820

दार्चुला, असोज २७ गते ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी (सन्तोष) लाई कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको धामीले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
प्रदेश सभा सदस्य धामीले आफुमा कोरोना संक्रमण पुष्टी भएकोले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा आफुलाई कोरोना पुष्टी भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !