दार्चुलाको मालिकार्जुन गाउँपालिकामा थप एक जना कोरोना संक्रमित भेटिए 

0
942

दार्चुला, भाद्र ७ गते । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएका छन् । गाउँपालिकाको वडा नम्बर ५ डाडाकोटका एक २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
भारतीय गोर्खा रेजिमेण्टमा कार्यरत ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको वडा नम्बर ५ का वडाध्यक्ष तर्कराज ओझाले जानकारी दिनुभयो । कोरोना संक्रमित पुरुष जम्मु–कस्मिरबाट डेढ हप्ता अघि घर आएका थिए । भारतबाट आएपछि उनि होम क्वारेन्टाइनमा बताइएको छ । वडामा कोरोना संक्रमित ब्यक्ति भेटीएपछि वडा सिल गरिएको वडाध्यक्ष तर्कराज ओझाले बताउनुभयो । कोरोना संक्रमितका परिवारको कोरोना परीक्षण गरिने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनु भयो ।यसअघि मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ र ८ मा ३ जना कोरोना संक्रमित भेटिएका थिए ।