प्रेम सिह धामी स्मृती प्रतिष्ठानद्धारा पहिरो पिडीत परिवारलाई राहत वितरण

789

दार्चुला, भाद्र ११ गते ।
प्रेमसिह धामी स्मृति प्रतिष्ठानले पहिरो पिडीत घरपरिवार हरुलाई राहत वितरण गरेको छ । विहिबार मालिकार्जुन गाउँपालिका वडा नं २ भगवतिका पहिरो पिडीत ७ घरपरिवारलाई चामल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष किसनसिह धामीले बताउनुभयो ।
पहिरोबाट घर पुर्ण जोखीममा परि विस्थापित भएर विद्यालयमा बसेका परिवारहरुलाई प्रति परिवार ५० किलोग्रामका दरले राहत स्वरुप चामल वितरण गरिएको हो । वितरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष किसन सिह धामी, सचिव दिपेन्द्रसिह धामी, नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता एवं प्रतिष्ठानका आजिवन सदस्य गणेशसिह धामी र धनसिह धामी लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !