पस्तीमा खानेपानी अवरुद्ध हुदाँ ९० घरपरिवार बर्षाको पानी जम्मा गरेर प्रयोग गर्दै

0
898
सांकेतिक तस्विर

दार्चुला, भाद्र ६ गते । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ शंकरपुर पस्तिमा निङलाडी लिफ्टीङ खानेपानी योजना अवरुद्ध हुदाँ ६२ घरपरिवार खानेपानीबाट बञ्चीत भएका छन् । दैनिक जिवनमा हरेक किसिमका कार्यकालागि महत्वपुर्ण रहेको पानी नपाइदा स्थानियहरु समस्यामा परेका छन् । पस्तीको कोटबुङा, मणेचौपाता, चस्कोट र एकलखाली लगायतका बस्तीहरुको खानेपानी लाईन अवरुद्ध हुदाँ बर्षाको पानी जम्मा गरेर प्रयोग गर्न बाध्य भएका छन् ।
खानेपानीको मुहान बस्तीबाट एक घण्टाको दुरीमा रहेको र बर्षादमा जुका लाग्ने भएकाले खानेपानी बोक्न निकै समस्या भइरहेको स्थानिय पत्रकार प्रेम राम लुहारले बताउभुएको छ ।
उक्त बस्तीहरुले विगतमा प्रयोग गर्ने गरेका खानेपानी नालाहरु पनि बर्षादमा भत्कीएका कारण खानेपानीको हाहाकार भएको छ । निङलाडी लिफ्टीङ खानेपानी योजनाको एयर भल्भमा क्षती भएकाले खानेपानी लाइन सुचारु गर्न समय लाग्ने खानेपानी योजनाका अध्यक्ष जनक राज भट्टले बताउनुभयो ।
एयर भल्भ नेपालगञ्जमा उपलब्ध हुने र हाल कोरोना प्रभावका कारण यातायात अवरुद्ध भएकाले तत्कालै उक्त सामग्री ल्याउन समस्या भइरहेको उहाँको भनाई छ ।
साथै शंकरपुरकै धर्मपानी बस्तीमा गत भाद्र ३ गते खानेपानीको मुहान बाढीले बगाएपछि उक्त बस्तीका ३० घरपरिवार खानेपानीको समस्यामा परेका छन् । २०३९ सालमा बनेको खानेपानी योजना ध्यवस्त भएपछि धर्मपानी टोलका बासिन्दाहरु खानेपानीको समस्या झेलिरहेका छन् ।