दार्चुलाका युवा धामी प्रदेश युवा परिषद सदस्यमा मनोनीत

0
593

दार्चुला, साउन २० गते ।
दार्चुलाका युवा हिरा सिह धामी सुदुरपश्चिम प्रदेश युवा परिषद्मा सदस्यमा मनोनित भएका छन् ।

मन्त्रीस्तरिय निर्णय अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर २ का हिरासिह धामी प्रदेश युवा परिषद्मा मनोनित भएका हुन् । मंगलबार विभिन्न पदमा पदपुर्ती गरिएसँगै प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । यसअघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई नियुक्त गरेको भए पनि सदस्यहरुको पदपुर्ती नहुदाँ परिषद्ले पुर्णता पाउन सकेको थिएन । रिक्त पदहरुमा पदर्पुती गर्दै मनोनित सदस्यहरुलाई आज सपथग्रहण पनि गराईएको छ । अब प्रदेश सरकारले युवाका क्षेत्रका अख्तियार गरेका कार्यक्रमहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।