तुईन घटनाको सत्य तथ्य बाहिर बाहिर ल्याउछौः छानविन समिति संयोजक गौतम

0
736

दार्चुला, साउन २० गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ को तुईन घटनाको सत्य तथ्य बाहिर ल्याउने छानविन समिति संयोजक जनार्दन गौतमको भनाई छ ।

मालघाट घटनामा भारतीय एसएसबीले तुईन काटेको घटनाबारे छानविन गर्नका लागि मंगलबार दार्चुला सदरमुकाम खलंगा पुगेको गृह मन्त्रालयको टोलीले बुधबार घटनाबारे दार्चुलाका पत्रकारहरु संग छलफल गरेको छ । छलफलका क्रममा छानविन समितिका संयोजक समेत रहेको गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमले घटनास्थलमा पुगि घटनाको सत्थ्यतथ्य बाहिर ल्याउने बताउनुभएको छ ।
सबैको सहयोगमा घटनाबारे सहि जानकारीको विश्लेषण, प्रत्यदर्शीको बयान, स्थलगत अवलोकन तथा जानकारहरु संग छलफल गरि घटनाको सत्यतथ्य बाहिर ल्याउने उहाँको भनाई छ ।
‘यो घटनामा सबै भन्दा महत्वपुर्ण पक्ष भनेको प्रत्यदर्शी नै हुन्, हामीले विहान प्रत्यक्षदर्शीहरु संग कुराकानी गरेका छौ, साथै त्यस क्षेत्रको बस्तु स्थित बुझेका जनप्रतिनिधी तथा स्थानिय नागरिकहरु संग पनि छलफल गर्नेछौ’ गौतमले भन्नुभयो ।
तुईन अबैध हो सबैलाई थाहा छ, तुईनबाट विरामी देखि खाद्यान्न सम्म ओहोर दोहोर भइरहेको कुरा पनि थाहा नभएको कोहि छैन, तुईन तर्नु बाध्यता भएको उहाँले भन्नुभयो । पिडित परिवारलाई उचित राहत र क्षतीपुर्तीका लागि पनि छानविन समितिले गम्भिर ढंगले सोच्ने छ, छानविन समिति संयोजक गौतमले भन्नुभयो ।
घटनाको पारदर्शी छानविन हुनुपर्ने दार्चुलामा क्रियाशिल पत्रकारहरुले छानविन टोली संग माग गरेका छन् । दार्चुला सन्देश दैनिकका सम्पादक पदम बडालले यस अघि घटना स्थलमा गएको दार्चुलाका सुरक्षाकर्मीहरुको टोलीले मुचुल्का समेत नल्याउनु गम्भीर भएको बताउनुभयो । ‘हत्याको घटनाको मुचुल्का उठाउन नसक्ने भए चाउचाउ चोरी हुने घटनाको मुचुल्का उठाउन प्रहरी प्रशासन बसेको हो’ बडालले प्रश्न गर्नुभयो ।
इन्सेक दार्चुलाका प्रतिनिधी नरेन्द्र सिह कार्कीले घटनाका प्रत्यक्षदर्शीहरुलाई अभियुक्त सरह कसैको सम्पर्कमा हुन नदिनुले उनिहरुको मानसिकता कस्तो हुन्छ भन्दै प्रश्न गनुभयो । साथै घटनाका प्रत्यदर्शीहरुको सुरक्षा चुनौती भएकाले सुरक्षा प्रदान गर्न तर्फ राज्यको ध्यान जानुपर्ने उहाँको भनाई छ ।
ब्यासका स्थानिय समेत रहेका पत्रकार विरा दत्त भट्टले ब्यासका जनताको दुख बुझ्न छानविन टोलीलाई नेपालको बाटो भएर घटना स्थलसम्म पुग्न आग्रह गर्नुभयो । सधै तुईन तर्दै आएका स्थानिय जयसिह धामी सामान्य अवस्थामा नदीमा खस्ने अवस्था नरहेको र नदीमा खस्नुमा एसएसबीको हात भएको उहाँको भनाई छ ।
समाचारमा आएका विषयहरुमा ध्यानाकर्षण भएको भन्दै दार्चुला प्रशासन र गृह मन्त्रालयले निकालेको विज्ञप्ती प्रति अधिकाशं पत्रकारहरुले छानविन टोली समक्ष आपत्ति जनाएका थिए ।
पत्रकारहरुले उठाएका विषयहरु प्रतिबेदमा समेटिने छानविन समितीका संयोजक जनार्दन गौतमले प्रतिबद्धता ब्यक्त गरेका छन् ।