दार्चुलाका मासु पसलहरुमा अनुगमन,,४ किलो मासु जफत गरी नष्ट

0
571

दार्चुला,जेष्ठ ३२ गते
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले मासु पसल र डेरीहरुमा अनुगमन गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाको संयोजनमा जिल्ला सदरमुकाम खलगामा रहेको महाकाली नगरपालिका वडा नम्वर ४ र ५ को बजार क्षेत्रमा मासु पसल,दुग्ध डेरी पसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा पसलहरु मुख्यतः मूल्यसूची, सरसफाई, व्यवसाय दर्ता र नविकरण, मासुको गुणस्तरता पनि सन्तोषजनक नभएको पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काले जानकारी दिनु भयो ।‘हामीले महाकाली नगरपालिको वडा नम्वर ४ र ५ क्षेत्रमा संचालनमा रहेका १० वटा मासु पसल र ३ वटा डेरी पसलहरुको अनुगमन गरेका छौं‘ संयोजक खडकाले भन्नु भयो,‘अनुगमनका क्रममा व्यवस्थीत रुपमा नराखिएको ४ किलो कुखुराको मासु जफत गरी नष्ट गरिएको छ । अनुगमनको क्रममा केही पसलमा पछिल्लो समय सन्तोजनक पाइएको बताउँदै उनले मापदण्ड विपरीत सञ्चालन भएको पसलका सञ्चालकहरुलाई मापदण्ड अनुसार व्यवसाय सञ्चालन गराउन सचेत गराइएको बताउनु भयो । अहिले केही व्यवसायीलाई सचेत गराएका छौं’उनले भने,‘पुनः अनुगमनको क्रममा मापदण्डअनुसार नपाइए नियमानुसार कारवाही गर्छौँ ।’भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय दार्चुला,नेपाल प्रहरी,उद्योग वाणिज्य संघ,घरेलु कार्यालय दार्चुलाका प्रतिनिधि लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।