दार्चुलाका डीएसपी पाण्डेयले गरे,टिङ्कर सीमाको निरीक्षण

0
527
दार्चुला,असार ५ गते
दार्चुलाको तिंकर नेपाल र चीनको सीमा क्षेत्रमा प्रहरी नायव उपरीक्षक (डिएसपी) तर्कराज पाण्डेय लगायतको टोलीले निरीक्षण गरेका छन । शनिबार दार्चुलाका प्रहरी प्रमुख, (डीएसपी) तर्कराज पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको छ । दार्चुला प्रहरीका अनुसार चोरी सिकारी हुने क्षेत्रमा प्रहरीले गस्ती बढाएको हो । यसअघि गत जेठ २१ गते वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः शनिबार दोस्रो चोटी नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । डीएसपी पाण्डेयले व्याँस गाउँपालिका–१ टिंकर भञ्ज्याङमा अवस्थित १ नम्बर सीमा स्तम्भ लगायत क्षेत्रको सुरक्षा स्थितिको जानकारी लिनुका साथै समयानुकुल गस्ती गर्न प्रहरीलाई निर्देशन दिएको दिएको प्रहरीले जनाएको छ । डीएसपी पाण्डेय स्थलगत रुपमा गस्ती गरेर १ नम्बर सीमा स्तम्भ पुग्ने पहिलो प्रहरी प्रमुख समेत रहेका छन । यस्तै उनले प्रहरी चौकी सितापुलको निर्माणाधिन भवन र ईलाका प्रहरी कार्यालय तिंकरको अनुगमन, निरीक्षण गरेको बताइएको छ । १ नम्बर पिल्लर क्षेत्रमा अहिले बाक्लो हिँउका कारण नियमित गस्ती गर्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न समय समयमा गस्ती गर्दै आएको बताएको छ ।