तीज र गौरा पर्व सामुहिक रुपमा मनाए कारवाही गरिने

0
920

दार्चुला, भाद्र ३ गते । तिज र गौरा पर्व सामुहिक रुपमा भिडभाड गरि मनाएमा कारवाही गरिने भएको छ । कोरोना भाइसरको संक्रमण नेपालमा बढ्दै गइरहेकाले संक्रमणको जोखिम नियन्त्रण एबं रोकथामका लागि हरितालिका तीज, गौरा पर्व लगायत चाडपर्वहरु सामुहिक रुपमा नमनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ ।
तीज र गौरा पर्व जस्ता पर्वहरु घरमै बसी जनस्वास्थ्य एबं सुरक्षा मापदण्डहरु कायम गरि परिवार भित्रै मनाउन प्रशासनले अनुरोध गरेको छ ।
सामुहिक रुपमा भिडभाड गरि चाडपर्व मनाएमा संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।