चौलानी नदीमा बगेर एक जना बेपत्ता

973

दार्चुला, भाद्र २ गते । दार्चुलाको मार्मा गाउँपालिकामा चौलानी नदीमा बगेर एक जना किशोर बेपत्ता भएका छन् । मार्मा गाउँपालिकाको वडा नं २ का अन्दाजी बर्ष १६ का अशोक विष्ट चौलानी नदीमा बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाज जोशीले जानकारी दिनुभयो ।
नुहाउने क्रममा मंगलबार दिउसो एक बजे नदीमा बेपत्ता भएका विष्टको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । खोजीका लागि इलाका प्रहरी चौकी गोकुलेश्वर र लटिनाट प्रहरी चौकी बाट प्रहरी टोली खटिएको प्रहरी निरक्षक जोशीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !