ट्युब चालक विरुद्ध मुद्दा दर्ता , एक महिना कैद र १ सय जरिवाना माग दाबी

0
816

विरा दत्त भट्ट, दार्चुला ।

लकडाउन अवधिमा महाकाली नदीमा ट्युबको प्रयोग गरि अबैध मानिस तार्ने विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा मुद्दा दर्ता गरेको छ । आइतबार राती महाकाली नगरपालिका वडा नं ७ धापका २३ बर्षीय करन टमटालाई राती ८ बजे तिर अबैध रुपमा भारत बाट मान्छे तारिहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । सोमबार टमटा विरुद्ध जिल्ला प्रशासन कार्यालय दार्चुलामा संक्रामक रोग ऐन २०२० अनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
टमटा विरुद्ध संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा १ अन्र्तगतको सजाय माग दाबी गरि मुद्धा दर्ता गरिएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो ।
संक्रामक रोग ऐनको दफा ३ को सजाय सम्बन्धि ब्यवस्थाको उपदफा १ मा ऐन अन्र्तगतको दिइएको आदेशलाई अपहेलना गर्ने ब्यक्ति उपर एक महीनासम्म कैद वा रु १ सय सम्म जरिवाना वा दुबै सजाय हुनेछ भनिएको छ ।

संक्रामक रोग ऐन, २०२० मा भएको ब्यवस्था हेर्नुहोस ।


घटना सम्बन्धी जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरक्षक चन्दले बताए ।