नौगाडको क्वारेन्टाइनमा रहेका ६ जनालाई घर पठाइयो

0
764

लक्ष्मण सिह धामी, दार्चुला ।

नौगाड गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ६ जनालाई सोमबार घर पठाइएको छ । चैत्र २४ गते देखि नियमित गाउँपालिकाले तोकेका क्वारेन्टाइनमा बसेका ६ जनालाई घर पठाइएको नौगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मानसिह ठगुन्नाले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिका वडानम्बर २ दल्लेख स्थित रहेको पानीधारा आधारभुत विद्यालयबाट ४ जना र वडानम्बर ६ स्थित रहेको धुलिगडा माविमा रहेका २ जना गरि ६ जनालाई घर पठाएको छ ।
सबैको रिर्पोट निगेटिभ देखिएको र क्वारेन्टाइन समय अवधि सकिएकोले अझै थप १ हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाव दिई घर पठाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ठगुन्नाले बताउनु भयो ।
गौरीफन्टा नाकाबाट आएका नौगाड गाउँपालिका वडानम्बर २ घर भएका सागर कुमार बोहरा,धिरेन्द्र चुनारा,सन्तोस चुनारा र प्रेमसिह ठगुन्नालाई घर पठाइएको हो । त्यस्तै भारतको अन्य स्थानबाट भित्रिएका नौगाड गाउँपालिका वडानम्बर ६ का प्रकाश भुल र हरदेव ठगुन्नालाई पनि घर पठाइएको बताइएको छ ।