महाकाली नदी किनारका ९ ठाउँमा सशस्त्र प्रहरीको अस्थाई पोष्ट स्थापना

0
827

विरा दत्त भट्ट, दार्चुला ।
महाकाली नदी किनारमा हुने अबैध सिमावारपारलाई मध्यनजर गर्र्दै सशस्त्र प्रहरी सिमानाकाहरुमा चौविसै घण्टा तैनाथ गरिएको छ । दार्चुला जिल्ला भरिका महाकाली नदी किनारहरुमा ९ ठाउँमा सशस्त्र प्रहरी अस्थाई पोष्ट स्थापना गरि सिमा क्षेत्रको निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।
महाकाली नदी किनारका बस्तीहरु लेकम गाउँपालिकाको रतौडा र लाली, मालिकार्जुन गाउँपालिकाको उकु, बाकु र डिन्सी, महाकाली नगरपालिकाको काकडा र किम्तडी र ब्यास गाउँपालिकाको स्याकु र डोकटमा सशस्त्र प्रहरीको अस्थाई पोष्ट स्थापना गरि सिमा क्षेत्रको निगरानी भइरहेको सशस्त्र प्रहरी डिएसपी विष्टले जानकारी दिनुभयो । ९ वटै ठाउँहरुमा गरि १ सय १० जना सशस्त्र प्रहरीहरुले महाकाली नदी किनार क्षत्रको निगरानी गरिरहेको डिएसपी विष्टको भनाई छ ।
साथै सिमा क्षेत्रमा दैनिक रुपमा सशस्त्र अधिकारीहरुले अनुगमन गरिरहेका छन् । सोमबार मालिकार्जुन गाउँपालिकाको डिन्सी सम्मको सशस्त्र प्रहरी नायव उपरिक्षक विष्टले अनुगमन गरेका छन् भने मंगलबार सशस्त्र प्रहरी निरिक्षक प्रकास बहादुर चन्दले अनुगमन गरेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीको हेडक्वाटरबाट नै सिमा क्षेत्रमा प्रहरी अधिकारीले दैनिक अनुगमन गर्ने निर्देशन आएपछि सिमा क्षेत्रमा नियमीत अनुगमन भइरहेको डिएसपी विष्टले बताउनुभयो ।