छठौ दिपेन्द्र सिंह धामी स्मृति कप भलिबलको उपाधि आयोजकलाई

0
1306

दार्चुला,कार्तिक ०६ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मा सञ्चालित छठौ दिपेन्द्र सिंह धामी स्मृति भलिबल कप प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । मालिकार्जुन गाउँपालिकाको प्रायोजन र दिपेन्द्र सिंह धामी स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आयोजक दिपेन्द्र धामी स्मृति प्रतिष्ठानले एक्सन स्टार युवा क्लब दुहुँ ५ पासुलाई ३–१ सेटको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
फाइनलमा पराजित भएको एक्सन स्टार युवा क्लब पासुले द्धितिय स्थानमा चित्त बुझाएको छ । तेस्रोका लागि शैल्यशिखर २ देथला र मार्मा १ बिच प्रतिप्रर्धा भएकोमा दुबैले फर्जि खेलाडी समावेश गरेको पाइएकोले दुबै टिमलाई तृतिय पुरस्कारको आधा आधा रकम वितरण गरिएको आयोजक समिति अध्यक्ष माधवसिंह धामीले जानकारी दिनुभयो ।
बिजया दशमीको अवसरमा जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार भएको खुल्ला अन्तर वडास्तरिय भलिवल प्रतियोगिता १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न भएसंगै आज नै पुरुस्कार वितरण गरेको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानका अध्यक्ष माधव सिंह धामीको अध्यक्षतामा भएको पुरुस्कार वितरण कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष मदन धामी प्रमुख अतिथि रहेका थिए ।
प्रतियोगितामा प्रथम हुने आयोजकले नगद रु एक लाख १३ हजार ११३ सहित सिल्ड मेडेल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै द्धितिय स्थान प्राप्त गर्ने टिमले नगद रु ५५ हजार ५५५ सहित शिल्ड मेडेल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिता तृतिय भएको शैल्यशिखर २ देथला र मार्मा १ को टिमलाई समान ११ हजार १ सय ११ रुपैया,शिल्ड मेडेल र प्रमाण प्रदान गरेको छ ।
प्रतियोगितामा दिपेन्द्रसिह धामी स्मृति प्रतिष्ठानका खेलाडी बल्देब सिह धामी सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगीतामा आयोजककै नबराज धामी बेष्ट स्पाइकर, एक्सन स्टार युवा क्लब दुहु ५ पासु टिमका असोक कार्की बेष्ट लिफ्टर र प्रेम कुवर बेष्ट लिब्रो,मार्मा १ का निराजन विष्ट बेष्ट ब्लकर घोषित भएका छन् । उनीहरुले नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । यस्तै दार्चुलाको लेकम गाउँपालिका वडा नम्वर १ घरभएका राष्ट्रिय भलिबल टिमका खेलाडी राजेन्द्र सिंह विष्टलाई प्रतियोगिता संचालन गर्नमा महत्वपूर्ण सहयोग गरेको भन्दै रु ५ हजार २० रुपैयाँ सहित सम्मान गरेको आयोजकले जनाएको छ ।