घाइते रतुवाको उद्धार

0
628

दार्चुला, चैत्र २८ गते । दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा घाइते भेटिएको रतुवाको उद्धार गरिएको छ ।
खलंगा क्षेत्रबाट भेटिएको घाइते रतुवाको स्थानीयहरु, डिभिजन वन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त सहयोगबाट उद्धार गरिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ । रतुवा डिभिजन वन कार्यालयको वन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ । घाइते रतुवाको पशु सेवा विज्ञ केन्द्रमा उपचार गरिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।