पत्रकार महासंघ निर्वाचनः दार्चुलामा प्रेस चौतारीका कृष्ण धामीको प्यानल विजयी

0
891

दार्चुला, चैत्र २६ गते ।

नेपाल पत्रकार महासंघ दार्चुला शाखा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार प्रेस चौतारीको प्यानल बहुमतले विजयी भएको छ ।


बुधबार भएको निर्वाचनमा दुई सदस्य बाहेक सबैमा पदमा प्रेस चौतारीका उम्मेदवारले जीत हात पारेका छन् । निर्वाचनमा खसेका मतमध्ये झण्डै प्रेस चौतारीको उम्मेदवारका पक्षमा प्रेस युनियनको भन्दा झण्डै तेब्बर बढी मत खसेको निर्वाचन समिति संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।
प्रेस युनियनका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र प्रसाद बडुको भन्दा तेब्बर बढी मतले प्रेस चौतारीका उम्मेदवारले जीत हात पारेका छन् । जिल्लामा नेपाल पत्रकार महासंघका जम्मा सदस्य संख्या ९८ रहेकोमा ९१ मत खसेमा ६९ मत धामीको पक्षमा परेको थियो भने २२ मत बडुको पक्षमा परेको छ ।
महासंघ जिल्ला उपाध्यक्षमा पनि प्रेस चौतारीका उम्मेदवार सन्तोष कोट्टारी विजयी भएका छन् । प्रेस युनियनका उम्मेदवार गणेश सिंह धामीले २५ मत प्राप्त गरेका छन भने कोट्टारीले ६६ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजयी भएका छन् । महिला उपाध्यक्ष पदमा प्रेस युनियनका उम्मेदवार भावना कुमारी सिंहले २२ मत बिमला भुजेलले ६६ मत प्राप्त गर्दै भुजेल महिला उपाध्यक्षमा विजयी भएका छन् ।
महासंघ जिल्ला सचिवमा प्रेस चौतारीका उम्मेदवार गगन सिंह बिष्ट विजय भएका छन् । युनियनका उम्मेदवार सुन्दर धामीले २२ मत र चौतारीका उम्मेदवार बिष्टले ६८ मत प्राप्त गर्दै विजय भएको निर्वाचन समितिले जनाएको छ । सह–सचिवमा प्रेस युनियनका उम्मेदवार बासुदेव बडूले २२ मत र प्रेस चौतारीका उम्मेदवार लोकेन्द्र प्रसाद जोशी ६९ मतले विजय भएका छन् । समाबेशी सह–सचिवमा प्रेस चौतारीबाट ईश्वरी बुढाथोकीले ६७ मत प्राप्त गरि विजय भएका छन् भने उहाँको प्रतिस्पर्धी युनियनका उम्मेदवार लक्ष्मी खत्रीले २४ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा प्रेस चौतारीका तर्फबाट रामसिंह धामीले ६७ मत प्राप्त गरि विजय भएका छन् भने प्रतिस्पर्धी युनियनका उम्मेदवार कृष्णबहादुर धामीले २३ मत प्राप्त गरेका छन् । सात जना मतदाता अनुपस्थित रहेका थिए ।
६ ओटा खुल्ला सदस्य पदमा सबै जना प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन् । खुल्ला सदस्यमा विजयी भएका मानसिंह कुवँरले ६२ मत, जनकराज भट्टले ६३, श्याम सामन्तले ६५ मत, उद्धव धामीले ६५, रमेश खत्रीले ६४ मत, निरज कुमार धामीले ६० मत प्राप्त गरेका छन् ।
प्रेस चौतारीका दलित सदस्य पुस्करराम लुहार र युनियनका उम्मेदवार दमन्ती जोशी महिला सदस्यमा तथा आदिबासी जनजाति सदस्यमा बिशन सिंह बुढाथोकी निर्बिरोध विजय भएका थिए । उनीहरुको एकल उम्मेदवारी परेकाले निर्बिरोध निर्वाचित भएको यसअघि नै निर्वाचन समितिले घोषणा गरेको थियो ।