दाम्दाकोटमा रहेको नमस्ते फोन सेवाको टावर अवरुद्ध

0
547

दार्चुला, बैशाख २ गते ।
दुहु गाउँपालिकाको वडा नं १ दम्दाकोटमा रहेको नमस्ते फोनसेवाको टावर अवरुद्ध भएको छ । विद्युत आपुर्तीका कारण  फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

टावरमा विद्युतीकरणका लागि राखिएको ट्रान्सर्फमरमा समस्या आएकाले विगत पाँच दिन देखि टावर अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका कर्मचारी दुर्गा प्रसाद बस्नेतले जानकारी दिनुभयो । नयाँ ट्रान्सफर्मर केहि दिन भित्रै आइपुग्ने र बढीमा १० दिन भित्र अवरुद्ध सेवा सुचारु गरिने उहाँको भनाई छ । फोन सेवा अवरुद्ध हुदाँ अति आवस्यक फोन गर्नका लागि तथा आफन्तहरु संग कुराकानी गर्नका लागि समेत डाडा तिर जानु परिरहेको दुहु गाउँपालिका वडा नं १ का स्थानिय सुरेन्द्र महराको गुनासो छ । दाम्दाकोटमा नमस्ते सेवा सुचारु भएपछि स्काई फोन थन्क्याएका दुहुका स्थानियहरुले स्काई फोन पुन प्रयोगमा ल्याएका छन् । धेरै संग स्काई सिमकार्ड नभएको तथा लामो समय सम्म प्रयोग नगर्दा सिमकार्ड खराब भइसकेकोले सञ्चारमा समस्या भइरहेको स्थानियहरुले गुनासो गरेका छन् ।