गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लाग्दा मृत्यु

0
627
सांकेतिक तस्बीर

दार्चुला, चैत्र २ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एक जनाको गिट्टीका लागि ढुङ्गा निकाल्ने क्रममा मृत्यु भएको छ ।

वडा नं ८ थक्तोलीका बर्ष ४५ का वीर राम टमाटाको गिट्टीका लागि ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । सोमबार विहान  घटना भएको प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भास्कर चन्द नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक टमाटाको शबको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम पछि आफन्तले शब बुझेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।