शुल्क घटाउन माग गर्दै अनेरास्ववियुद्धारा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयलाई ज्ञापन

725

दार्चुला, चैत्र १ गते ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) दार्चुला बहुमूखी क्याम्पस कमिटि दार्चुलाले शुल्क घटाउन माग गर्दै सुदुरपश्चिमाञ्चल विश्व विद्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

सुविविको आंगिक क्याम्पसका रुपमा रहेको दार्चुला बहुमुखी क्यामपस दार्चुलाका क्याम्पस प्रमुख कृष्ण सिंह साउँद मार्फत विश्व विद्यालयलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु क्याम्पस कमिटि संयोजक सन्तोष सिह ठगुन्नाले जानकारी दिनुभयो ।
अनेरास्ववियु क्याम्पस कमिटिले क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउदै दुई बुँदे माग राखेको छ । विद्यार्थीहरुको वार्षिक/सेमेष्टरका सम्पूर्ण भर्ना, प्रयोगात्मक विद्यमान शुल्कमा २५ प्रतिशत कम गर्नुपर्ने तथा दोस्रो र चौथो समेमेष्टरको अनियमित तरिकाले बढाएको शुल्क गत गत सेमेष्टरकै शुल्क कायम हुनुपर्ने माग राखेका छन् । बढाएको शुल्कले विद्यार्थीहरु मर्कामा पर्ने र विद्यमान शुल्कमा पनि २५ प्रतिशत कम गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको अनेरास्ववियु क्याम्पस कमिटि दार्चुलाका संयोजक सन्तोष सिंह ठगुन्नाले बताउनु भयो ।
दार्चुला बहुमूखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आंगिक भइसकेको अवस्थामा पनि निजी कलेजको जस्तो विद्यार्थीहरुबाट बढी शुल्क उठाउने कार्य उपयुक्त नभएको भन्दै अनेरास्ववियु क्याम्पस कमिटिले ज्ञापन पत्र बुझाएको छ । विद्यार्थी हकहित र शैक्षिक रुपान्तरणको आन्दोलनमा अग्रंपक्तिमा उभिदै विद्यार्थीको हक अधिकार संरक्षण र सम्बद्र्धन गर्दै न्याय, समानाता, स्वतन्त्रता र राष्ट्रियताको सवालमा अनेरास्ववियु अगाडी आएको समेत ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस भइसकेको दार्चुला बहुमूखी क्याम्पसले निजी कलेजको जस्तो शुल्क उठाएको प्रति गम्भीरध्यानाकर्षण भएको समेत अनेरास्ववियुले जनाएको छ । यथाशिघ्र आफ्ना मागहरु सम्बोधन गरी शिक्षा क्षेत्रलाई व्यापारीकरण नगरी विद्यार्थीहरुको समेत हितमा काम गर्न तथा निर्णय गर्न अनेरास्ववियुले जोडदार माग गरेको छ । आफूहरुका माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि अनेरास्ववियुले दिएको छ ।
अनेरास्ववियुले दार्चुला बहुमूखी क्याम्पस दार्चुला मार्फत् सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालय महेन्द्रनगरलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु क्याम्पस कमिटि संयोजक ठगुन्नाले जानकारी दिनुभयो । संयोजक ठगुन्नाको नेतृत्वमा अनेरास्ववियु विद्यार्थी नेताहरु खडक सिंह धामी, मेनुका ठेकरे लगायतका विद्यार्थीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।


विज्ञापन

तपाईको प्रतिक्रिया दिनुहोस् !