गान्धी जयन्तीको अवसरमा ब्यास गाउँपालिकालाई भारतद्धारा एम्बुलेन्स प्रदान

0
826

दार्चुला, असोज १६ गते । भारतका राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा भारतले ब्यास गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । गान्धी जयन्तीको अवसरमा ब्यास गाउँपालिकालाई महेन्द्रा बोलेरो (फोरडब्लुडी) एम्बुलेन्स उपहार प्रदान गरिएको भारतीय राजदुताबासले जनाएको छ । नेपाल भारत फ्रेन्डसीप एसोसिएसन ( एनआईएफए ) ले भारतीय राजदुताबास काठमाण्डौलाई दार्चुलाको ब्यास गाउँपालिकालाई एम्बुलेन्स उपहार प्रदान गर्न अनुरोध गरे अनुसार एम्बुलेन्स प्रदान गरिएको दुताबासले जनाएको छ । काठमाण्डौमा रहेको भारतीय राजदुताबास परिसरमा ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीलाई भारतीय राजदूत विनय मोहन क्वात्राले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
गान्धी जयन्तीको अवसरमा भारतले नेपालका ३० जिल्लाका सरकारी तथा गैरसरकारी संघसस्थाहरुलाई उपहारस्वरुप ४१ एम्बुलेन्स र ६ वटा बसहरु हस्तान्तरण गरेको छ ।