खोलियो धौलिगङ्गा विद्युतको ड्याम, नदीमा हिउदमै बर्षादको जस्तो धमिलो पानी

0
995

बिरा दत्त भट्ट,
माघ २६ गते, दार्चुला । भारतले धौलिगङ्गा जलविद्युत आयोजनाको बाधका ढोकाहरु आईतबार बेलुकिबाट खोलेको छ । ड्याम साईट मर्मतका लागि माघ २५ गते बेलुकि सात बजेबाट बाधका ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सार्वजनिक सूचना जारी गरि जानकारी दिएको छ ।

२ सय ८० मेगावाट क्षमताको उक्त विद्युत आयोजनाको ड्याम सफाईका लागि बेला–बेला ड्याम खोलिने गरेको छ । माघ २५ गते देखि फागुन २५ गते सम्म ड्याम सार्ईट निर्माण गरिने भएकाले एक महिना सम्म बाधका ढोकाहरु खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाधको पानी खोलिदाँ महाकाली नदीमा जलस्तर बढेको छ भने बर्षादको जस्तै धमीलो पानी बगिरहेको छ ।

२०७० साल असार २ गते भारतले धौलिगङ्गा जलविद्युत आयोजनाको बाधका ढोका नेपालको जानकारी विना खोल्दा ठूलो धनजनको क्षती पुगेको थियो । धौलीगङ्गामा बादल फाटेपछि बाधमा जलस्तर बढेकोले भारतले नेपाली पक्षको विना जानकारी बाध खोलेको थियो । उक्त घटना पछि भारतीय पक्षले बाधका ढोका खोल्दा नेपाली पक्षलाई जानकारी गराउदै आएको छ ।

कस्तो छ आयोजनाको ड्याम?

भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलमा रहेको छिरकिल्लामा हिमाली क्षेत्र हुदै बग्ने धौलिगङ्गा नदीमा आयोजनाको ड्याम रहेको छ ।

धौलीगङ्गा परियोजनाको बाँध, फोटोः एनएचपीसी

परियोजनाको ५६ मिटर उचाई र २ सय ७० मिटर लम्बाईको कङक्रिट फेस्ट राँक फिल ड्याम रहेको भारतीय जलविद्युत विकास संगठन एनएचपीसी लिमिटेडले जनाएको छ । ड्यामको गहिराई ९५ दशमलब ६ मिटर रहेको छ । ६ दशमलब ५ मिटर ब्यास र ५ दशमलब ४ किलोमिटर लम्बाईको हेड रेस टनेल रहेको लिमिटेडले जनाएकोे छ । विद्यतुको निकासिका लागि २ सय २० केभीका दुईवटा प्रसारण लाईनहरु रहेका जनाएको छ । दुईवटै प्रसारण लाईनहरु धौलिगंगा पावर स्टेशनबाट बरेली लगिएको आयोजनाले जनाएको छ । धौलीगङ्गा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारतको उत्तराखण्ड, युपी, दिल्ली, हिमाचल प्रदेश, हरियाणा, जम्बु कस्मीर, पंञ्जाब, राजस्थान र चन्दीगढमा उपभोग भइरहेको बताइएको छ ।

चमोली घटनापछि नदीको निगरानी गर्न निर्देशन

भारतको उत्तराखण्ड प्रदेशको चमोली जिल्लामा आईतबार हिमताल फुट्दा आएको बाढीले ठूलो क्षती पुर्याएको छ । उक्त घटनापछि छिरकिल्ला बाधको अवस्था बारेमा पनि नेपालको दार्चुला तथा भारतको धार्चुला लगायतका क्षेत्रमा जनस्तरमा त्रासको बताबरण बनेको छ । तर छिरकिल्ला ड्याम हिमालय क्षेत्र भन्दा टाढा रहेकाले पूर्ण रुपमा सुरच्छीत रहेको भारतको पिथौरागढका जिल्ला अधिकारी डा.विजय कुमार जोगदण्डेले दाबी गरेका छन् । तथापी यस क्षेत्रका नदीहरुको जलस्तरको निगरानी गर्न जिल्ला अधिकारीले निर्देशन दिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । अध्यनबाट छिरकिल्ला ड्यामक्षेत्र नजिक हिमतालहरु नरहेको पाइएको जिल्ला अधिकारी जोगदडण्ले बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारि गरेको सूचना हेर्नुहोस ।