कैलाशपति ब्वाय गर्ल ट्रुपलाई निःशुल्क स्काउट पोशाक वितरण 

0
436

दार्चुला, पुष २४ गते । 
नेपाल स्काउटको सहयोगमा कैलाशपति ब्वाय/गर्ल ट्रुपलाई निःशुल्क स्काउट पोशाक वितरण गरिएको छ ।

महाकाली नगरपालिका वडा नं ४ मा रहेको कैलाशपति आधारभुत विद्यालयमा अध्ययनरत स्काउटमा आवद्ध ३० जना छात्र र १८ छात्रा गरि ४८ जना विद्यार्थीहरूलाई निःशुल्क स्काउट पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर सिंहले जानकारी दिनुभयो ।
विद्यालयले नेपाल स्काउटको केन्द्रिय कार्यालयमा स्काउट पोसाकको माग गरे बमोजिम उपलब्ध भएको पोशाक शनिबार एक कार्यक्रमका बिच निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।
कैलाशपति ब्वाय/गर्ल ट्रुपले कोरोनाका बेला समुदायमा जनचेतना जगाउनका साथै मास्क वितरण गरेको थियो । साथै सामाजिक सेवा, सरसफाइ लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।