भारतको धार्चुलामा आयोजित कबड्डी प्रतियोगितामा नेपाली टिम विजयी 

0
434

दार्चुला, पुष २४ गते । 
भारतको धार्चुलामा नयाँ बर्ष २०२२ को उपलक्ष्यमा आयोजित कबड्डी प्रतियोगितामा नेपाली टिम प्रथम भएको छ । 

मानसरोवर स्पोर्ट क्लव धार्चुलाले आयोजना गरेको १७ बर्ष मुनिको छात्र कबड्डी प्रतियोगितामा भिडि मेमोरियल फाउन्डेशन दार्चुला प्रथम भएको प्रशिक्षक नविन जोशीले बताउनुभयो ।
मिनी स्टेडियम धार्चुलामा शनिवार आयोजना भएको उक्त खेलमा ३ टिमलाई हराउँदै भिडि मेमोरियल फाउन्डेसन दार्चुला प्रथम भएको जोशीको भनाई छ । छात्रा तर्फ भने दोस्रो स्थान हासिल भएको छ ।
प्रथम पुरस्कार स्वरुप राष्ट्रिय स्तरको खेलमा समावेश गरिने र प्रमाणपत्र सहित मेडल दिइएको छ । प्रतियोगितामा छात्र तर्फ ३ र छात्रा तर्फ २ टिमको सहभागिता रहेको थियो ।
अन्तिम खेल भिडि मेमोरियल फाउन्डेसन दार्चुला नेपाल र पिथौरागढ टिम विच भएको थियो । जसमा भिडि मेमोरियल फाउन्डेसन दार्चुलाले ३० मिनेटमा ३८ अङ्क र पिथौरागढले २२ अङ्क प्राप्त गरेको थियो ।