कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कारद्धारा धामी सम्मानित 

717

दार्चुला, मंसिर १५ गते । 
कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०७८ रेडियो नयाँ नेपाल एफएममा कार्यरत पत्रकार लक्ष्मण सिह धामीलाई प्रदान गरिएको छ । मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशील पत्रकार मध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गर्ने गरेको छ ।

 मिडिया विकास समाज नेपाल दार्चुलाको आज भएको १३ औ वार्षिक साधारणसभा तथा रेडियो नयाँ नेपाल एफएमको ११ औ वार्षिकोत्सव कार्यक्रममा  धामीलाई पुरस्कृत गरिएको हो ।
सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष पदम सिह बडालले बताउनुभयो ।
सुशासनको क्षेत्रमा लामो समय देखि क्रियाशील पत्रकार लक्ष्मण सिह धामी रेडियो नयाँ नेपाल एफएमको स्थापनाकाल देखि तत्कालीन हुनैनाथ गाविसबाट स्थानीय संवाददाताको रुपमा काम गरि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।
उचित मल्याङ्कन गरि यस वर्षको पत्रकारिता पुरस्कार वितरण गरेकोमा मिडिया विकास समाज नेपालका अध्यक्ष पदम बडाल, कार्यकारी निर्देशक शंकर सिह धामी लगायत सिङ्गो मिडिया विकास समाज नेपाल परिवारलाई धामीले धन्यबाद दिएका छन् ।
२०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ । उक्त पुरस्कारबाट २०६८ सालमा पत्रकार लोकेन्द्र बम, २०६९ मा बीरेन्द्र महरा, २०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, ०७१ मा भागरथी भट्ट, २०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, २०७४ मा लोकेन्द्र जोशी, २०७५ मा सन्तोष कोट्टारी, २०७६ मा रामसिंह धामी र २०७७ मा बिरा दत्त भट्ट लाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस् !