असहाय विद्यार्थीलाई नेपाली सेनाको सहयोग 

566

दार्चुला, मंसिर १४ गते । 
दार्चुलामा स्थित नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ र गुरु गोरख गुल्मले असहाय विद्यार्थीहरूलाई सहयोग गरेको छ । महाकाली नगरपालिका वडा नं ५ गल्फैमा रहेको महेन्द्र नमुना माविको छात्रवासका विद्यार्थीहरूलाई सेनाले शैक्षिक सामग्री र खेल सामग्री हस्तान्तरण गरेको छ । 

छात्रवासमा बस्ने १५ जना असहाय बालबालिकाहरूलाई सामग्री वितरण गरेको छ । नेपाली सेनाको गुरु गोरख गुल्मले छात्रावासलाई टेबल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४/१४ थान, स्टेसनरी, टिटी ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग तथा टेबल टेनिस बोर्ड निर्माण गरेको गुल्मपति कृष्णचन्द्र ठकुल्लाले बताउनुभयो । यस्तै गुल्मपति ठकुल्लाले व्यक्तिगत १५ जना असहाय छात्रहरूलाई ट्याकसुट दिएका छन् ।
विकास निर्माण कार्यदल गण–२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन ¥याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन कोर्ट निर्माण गरेको छ । सहयोगका लागि विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले नेपाली सेनालाई धन्यबाद व्यक्त गरेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस् !