उद्योग वाणिज्य संघ दार्चुलाको अध्यक्षमा थापा विजयी 

501

 दार्चुला, मंसिर १२ गते । 

उद्योग वाणिज्य संघ दार्चुलाको अध्यक्ष पदका लागि आइतबार भएको मतदानबाट  सुरेश थापा झण्डै दोब्बर मत बढि ल्याएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी इन्द्रदेव पन्तलाई २ सय १९ मतान्तरले पराजित गर्दै थापाले अध्यक्ष पदमा विजय हासिल गरेका हुन् । 

मतपरिणाम अनुसार सुरेश थापाले ३ सय ७३ मत प्राप्त गरेका छन् भने  इन्द्रदेव पन्तले १ सय ५४ मत प्राप्त गरेको उद्योग वाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमरसिंह महराले जानकारी दिनुभयो । ९ सय ५८ मतदाता रहेकोमा ५ सय ४८ मत खसेको छ । खसेका मध्ये २१ मत बदर भएका छन् ।
अध्यक्ष पदमा विजय भएका थापा नेकपा एमाले निकट हुन भने पन्त नेपाली कांग्रेस निकट हुन् । अध्यक्ष पदका लागि सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस् !