कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न अनेरास्ववियु क्रान्तिकारीको माग

0
543

दार्चुला, असोज २४ गते ।
भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न विप्लव निकटको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले माग गरेको छ ।

ब्यास गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त क्षेत्रमा जनगणना गर्न माग गर्दै आज अनेरास्ववियु क्रान्तिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिएको छ । राष्ट्रिय जनगणना २०७८ चलिरहेको छ तर कालापानी लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा जनगणनाका लागि कुनै पहलकदमी लिएको देखिदैन अनेरास्ववियु क्रान्तिकारीका संयोजक भुवन जोशीले भन्नुभयो । राज्यले आफ्नो भु–भागमा बसोबास गरिरहेका नागरिकहरुको जनगणना बारे देखाएको उदासिनता प्रति अनेरास्ववियु क्रान्तिकारीको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ । यो क्षेत्र नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता भित्र पर्ने भएकाले यस क्षेत्रमा जनगणना अनिवार्य भएको जोशीले भन्नुभयो । गणक उपस्थित भएर गणना गर्न सकिने अवस्था नभएमा अन्य बैकल्पिक विधी अपनाएर जनगणनामा उक्त भु–भागमा जनगणना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलासंग माग गर्दछ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष भुवन जाशीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।