दशैँ मनाउन दार्चुलामा भारतबाट यसरि हुदैछ खसिबोका तस्करी

562

दार्चुला, असोज २१ गते ।
नेपालीहरुको महान पर्व दशैँका बेला विभिन्न जुक्तिले खसिबोका देश तथा विदेशबाट भित्रीने गरेका छन् ।

भारत संग महाकाली नदीले सीमा छुट्याएको सुदुरपश्चिमको दार्चुलामा सीमा नदी महाकाली तस्करहरुका लागि खसिबोका तार्ने गन्तब्य बनेको छ ।
बुधबार राती दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नगरपालिका वडा नं १ सल्लेबगरमा महाकाली नदीबाट राती ११ बजेतिर भेडा तार्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी माधव विश्वकर्माले बताउनुभयो ।
दशैँमा बलीका लागि भारतबाट ल्याउन लागिका ९ वटा भेडाहरु सीमापुलबाट ल्याउन नपाइने भएपछि नदीबाट अबैध रुपमा तारेर भित्र्याइरहेका छन् ।
राती महाकाली नदीबाट भेडा तस्करी भइरहेको खबर प्रहरीकहाँ पुगेपछि प्रहरी निरीक्षक विश्वकर्माको टोली तारिरहेको स्थल पुगेर तार्ने कार्यमा संग्लनलाई नियन्त्रणमा लिएको थियो । राती ९ वटै भेडाको सिङ बाधेर तार्दा नदीको पानीमा भेडा डुब्दा तार्ने क्रममै मरेका छन् । तार्ने कार्यमा संग्लनलाई नियन्त्रणमा दिई सोधपुछ गरेर छोडिएको र तस्करीबारे थप खुलेमा सोधपुछ गरिने प्रहरी निरीक्षक विश्वकर्माको भनाई छ । मरेका भेडाहरुलाई सरोकारवालाको रहोवरमा नष्ट गरिएको उहाँले बताउनुभयो । दार्चुलामा सीमा नदी महाकालीबाट यसरीनै अबैध तस्करी हुने गरेको छ । तस्करहरुले दशैमा भेडा, खसी तार्नका लागि समेत महाकाली नदीको प्रयोग गरिरहेका छन् । तस्करहरुले भारतमा सस्तो मुल्यमा खरिद गरि प्रहरी पुग्न नसक्ने विकट ठाउँमा नदीबाट तारेर नेपालमा महंगो मुल्यमा विक्रि गर्ने गरेका घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !