कालापानी तर्फ गइरहेका एक जना भारतीय पक्राउ

0
1102

दार्चुला, चैत्र ४ गते ।
कालापानी क्षेत्र तर्फ गइरहेका एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको धार्चुला हुदै गाडीबाट कालापानी क्षेत्रमा गइरहेका युवकलाई भारत तिब्बत सीमा प्रहरी आइटीविपीले सोमबार गर्ब्याङमा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लखेको छ ।

नेपाली भूमी कालापानी अतिक्रमण गरि आफ्ना सेना राखेको भारतले कालापानी क्षेत्रमा विना अनुमती प्रबेशमा निषेध गरेको छ । बोलेरो  युके ०५–३३५० नम्बरको गाडीमा सवार विपिन नाम गरेका र घर दक्षिण दिल्ली बताउने युवकलाई कालापानी भन्दा करिब १४ किलोमिटर वर गरब्याङबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवकले तीन महिना पहिले भारतको विहारबाट नेपालको जनकपुर प्रबेश गरेको र नेपालको बाटो भएरै दार्चुला पुगेको प्रहरीलाई बताएका छन् । युवकको साथबाट ल्यापटप, ट्याबलेट र नेपालको नक्सा बरामद गरिएको भारतीय प्रहरीले बताएको छ । पक्राउ परेका युवकलाई गरब्याङको आइटीवीपी क्याम्पमा राखेर सोधपुछ भइरहेको बताइएको छ । भारतको छियालेख भन्दा माथीको भागमा आवत जावतका लागि भारतीय प्रशासनबाट यात्रा अनुमती पत्र लिनुपर्ने हुन्छ । भारतले विना अनुमती नोटीफइड क्षेत्रमा प्रबेश निषेध गरेको छ ।