काङग्रेस मालिकार्जुनको सभापतिमा युवा नेता धामीको उम्मेद्धवारी घोषणा

0
550

दार्चुला, असोज ८ गते ।
नेपाली काङग्रेस मालिकार्जुन गाउँपालिकाको सभापतिमा युवा नेता पदम सिह धामीले उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली काङग्रेसको आसन्न महाधिबेशनका बेला युवा नेता धामीले पार्टीमा युवाहरुको सहभागिता अभिबृद्धीका लागि उम्मेद्धावारी घोषणा गरेको बताएका छन् ।
आफुले पार्टी र पार्टी भन्दा बाहिरको लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने तथा सहि दिशा प्रदान गर्ने उहाँको दाबी छ । २०७२ सालमा नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका वडा न ३ कार्यसमितिको सचिव रहेका धामीले २०७३ सालमा नेपाल तरुण दल जिल्ला कार्य समितिको सचिवको जिम्मेवारी निभाइसकेका छन् ।