खलंगा बजार अनुगमनः म्याद नाघेका खाद्य सामग्री विक्रिमा राख्ने दुई पसललाई कारवाही

0
707

दार्चुला, असोज ८ गते ।
चाडपर्व नजिकिरहेका बेला दार्चुला सदरमृुकाम खलंगा बजार अनुमगन गरिएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको संयोजकत्वमा गरिएको अनुगमनमा बजारका पसलहरुमा रहेका म्याद नाघेका सामानहरु बरामद गरिएको छ भने ठुलो मात्रामा अखाद्य सामग्री विक्रिमा राख्ने दुईवटा ब्यापारीहरुलाई कारवाही गरिएको छ ।
अनुगमन टोलीले म्याद नाघेको ५ केजी नरिवल र २५ केजी पापड विक्रिमा राखेको एउटा पसल र ३० केजी मासु विक्रिमा राखेको अर्काे मासु पसल संचालकलाई १५/१५ हजारका दरले जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयोे ।
त्यसैगरि टोलीले म्याद नाघेका ८३ प्याकेट नमकिन , ६५ प्याकेट मसला, २४ प्याकेट केक, ५ केजी नरिवल, २५ केजी पापड, १ प्याकेट बेसन, २ केजी मसुुर दाल, १९ केजी सुजि, ३ केजी कोदो, पीठो २९५ केजी, कोकाकोला ३ लीटर, लुटलो नमकिन ५ प्याकेट, परि १६ गोटा, आन्टी १० गोटा, सुपारी २ प्याकेट, पानछाप १ प्याकेट, हाइक्लास तम्बाकु १ प्याकेट बरामद गरेकोे उहाँले बताउनुभयो । म्याद नाघेको सामग्री बरामद गरिएका यी पसल सञ्चालकहरुलाई आगामी दिनमा नराख्न चेतावनी दिइएको उहाँको भनाई छ । विगतमा पसलहरुले मुल्य सुची नराखेको पाइने भएपनि यस पटक मुल्य सुची राखेको पाइएको छ । विगतमा म्याद नाघेको सामग्री पनि धेरै मात्रामा पाइने भएपनि यस पटक विगतको भन्दा सुधार देखिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टको भनाई छ ।