एमाले ब्यासको अध्यक्षमा धामी

0
538

दार्चुला, कार्तिक ११ गते ।
नेकपा एमाले ब्यास गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले एमाले नेता एबं ब्यास गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मंगल सिह धामी अध्यक्ष रहने गरि ९५ सदस्यिय पालिका कमिटि चयन गरेको नेकपा एमाले दार्चुलालले जनाएको छ ।

एमाले ब्यासका निवर्तमान अध्यक्ष जयलाल सिह विष्टको अध्यक्षतामा गरिएको पालिका अधिवेशन कार्यक्रममा पुर्व मन्त्री एबं एमाले सुदुरपश्चिम सह इन्चार्ज गणेष सिह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो । अधिवेशनले सचिवमा नारद दत्त भट्ट, उपाध्यक्षमा निर्मला धामी तथा सह सचिवमा राजेन्द्र कुवँर चयन गरेको एमाले दार्चुलाले जनाएको छ । कार्यक्रममा नेपाली काङग्रेस परित्याग गरि ४ जनाले एमालेमा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा गौरिलमाण्डौ मावि हिकिलाका पुर्व प्रअ केशबराज बडु, ब्यास ३ का गणेस सिह विष्ट, वडा नं ६ का लालमति विक र शंकर सिह विष्ट रहेका छन् । कार्यक्रममा एमालेका नेता तथा सुदरपश्चिम प्रदेशसभा सदस्य गेल्बु बोहरा, जिल्ला कमिटि अध्यक्ष राम दत्त जोशी, वडा नं ४ का वडाध्यक्ष संग्राम सिह विष्ट, वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामी लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।