उत्तराखण्डमा हिमताल फुट्यो, डेढ सय बढी बेपत्ता

0
876

कालापानी समाचार, माघ २५ गते ।
भारत उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको छ । नदीका कैयौँ तटबन्ध फुटेपछि बाढीको अलर्ट जारी गरिएको छ । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर बेपत्ता भएको आशङ्का गरिएको छ ।उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अफवाद नफैलाउन ध्यान दिन र पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ ।भारतका गृह मन्त्री अमित शाहले राहत र उद्धारका लागि राष्ट्रिय आपत् प्रतिक्रिया बल ९एनडीआरएफ० को टोली पठाइएको जानकारी दिनुभएको छ ।हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको बताइएको छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले भन्नुभयो, ‘हिमतालले ऋषि गङ्गा जलविद्युत् आयोजना पूर्णरुपमा ध्वस्त गरिदिएको छ । त्यहाँ ५० जनाभन्दा धेरै मजदुर काम गर्दथे, उनीहरु पनि हताहत भएको सम्भावना छ । हाम्रो टोली त्यहाँ पुगेको छ । बाढीसँगै आएको माटोमा पुरिएका मानिसहरुको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।