इन्सेक दार्चुलाद्धारा पीडित परिवारलाई आर्थिक सहयोग

0
633

दार्चुला, असोज ६ गते ।
मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
छोरीमाथि करणी प्रयासको आरोपमा बुवा पक्राउ परेपछि बिचल्लीमा परेको परिवारलाई इन्सेक दार्चुलाले आर्थिक सहयोग गरेको इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
मानव अधिकार रक्षक जिल्ला सञ्जालको सहजीकरणमा मंगलबार इन्सेक दार्चुलाले १० हजार आर्थिक सहयोग गरेको हो ।
मानव अधिकार रक्षक जिल्ला सञ्जालका अध्यक्ष एवं पत्रकार महासंघका अध्यक्ष शंकरसिंह धामी, अधिवक्ता हरिशचन्द्र जोशी, इन्सेक प्रतिनिधि नरेन्द्र कार्की लगायतको सहभागितामा समस्यामा परेको परिवारलाई इन्सेक दार्चुलाले दश हजार र  सेफ हाउस दार्चुलाका भगवती बडालले दुई हजार नगद सहयोग गरेका छन् ।