दार्चुलामा थप एक जनामा कोरोना पुष्टि

738

दार्चुला, असोज ६ गते ।
दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बैतडी अस्पतालमा भएको कोरोना परिक्षणमा नेपाल टेलिकम दार्चुलाका एक जना कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
धनगढी बाट असोज २ गते दार्चुलाआएका कर्मचारी होम क्वारेन्टाइनमा रहेको र स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना पुष्टि भएको उहाँको भनाई छ । यो संगै दार्चुला जिल्लामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !