अवैध यार्सागुम्बा सहित एक जना पक्राउ

0
1565
फाइल फोटो

दार्चुला, कार्तिक २ गते ।
दार्चुला प्रहरीले एक जनालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरेको छ । शनिबार दिउसो तीन बजेतिर महाकाली नगरपालिका वडा नं ४ पुलघाट क्षेत्रमा झोला बोकि हिडिरहेका ब्यक्तिलाई चेकजाचँ गर्दा १७ किलोग्राम ५१ ग्राम यार्सा बरामद गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका वडा नं ३ ठेगाना भएका अन्दाजी बर्ष ३५ का डोकार लामा रहेको उहाँले जानकारी दिनुभयो । झोला चेकजाचँ गर्दा झोलामा पाँच वटा राता पोकामा यार्सागुम्बा भेटिएको उहाँको भनाई छ । पक्राउ परेका लामालाई आवस्यक कारवाहीका लागि डिभिजन बन कार्यालय दार्चुला पठाइएको प्रहरीले जनाएको छ । लामाको साथमा छुटपुर्जी भन्दा बढी परिणामको यार्सा रहेको बुझिएको र आवस्यक कारवाही भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा यार्सा पाइने पाटनहरु अपीनाम्पा संरक्षण क्षेत्र भित्र रहेका छन् । हिमाली भेगमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा बैशाख देखि साउन सम्म संकलन गरिन्छ । कोरोना प्रभाव र लकडाउनले गर्दा यस सिजनमा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा संकलनमा रोक लागएको थियो । रोक लगाइएको भएपनि यस बर्ष यार्सा संकलन भई गाउँघरमा ब्यापार समेत भइरहेको स्रोतले जनाएको छ । यार्सागुम्बा संकलनमा रोक लगाएपनि कुनै निकायले संकलन भए नभएको अवस्था बारे स्थगत रुपमा अनुगमन समेत गरेको थिएन ।