जिल्ला अस्पताल दार्चुलाको अवरुद्ध एक्सरे सेवा सञ्चालनमा आउने

0
735

दार्चुला, कार्तिक २ गते ।
जिल्ला अस्पताल दार्चुलामा विगत केहि दिन देखि अवरुद्ध रहेको एक्सरे सेवा सञ्चालनमा आउने भएको छ ।
दार्चुला अस्पतालमा दुईवटा एक्सरे मेसिनहरु भएपनि दुबै मेसिनहरु खराब भएर एक्सरे सेवा नै अवरुद्ध भएको थियो ।
विग्रीको एउटा एक्सरे मेसिनको पाटपुर्जा काठमाण्डौबाट ल्याइएको तथा जडान गर्न धनगढीबाट प्राविधिक समेत पुगेकाले मेसिन जडान गरि छिट्टै सेवा सञ्चालनमा आउने जिल्ला अस्पताल ब्यवस्थापन समिति अध्यक्ष दलजीत सिह धामीले जानकारी दिनुभयो ।
प्राविधिकहरु आईपुगेको र पाटपुर्जा आज आइपुगेकाले आईतबार जडान गरि एक्सरे सेवा सञ्चालन हुने जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुुभयो ।
जिल्ला अस्पताल दार्चुला संग रहेका साधारण र डिजीटल एक्सरे दुबै विग्रीएकाले तत्कालका लागि साधारण एक्सरेको सामग्री आइपुगेको भट्टले जानकारी दिनुभयो । “डिजीटल एक्सरेको सामग्री नेपालमा पाइदैन, कोरोना प्रभावले उडानहरु असहज भएकाले उडान सेवा सहज भएमा डिजिटर एक्सरेको सामान उनि ल्याउछौ , एक्सरे मेसिन अस्पताल सेवाको मेरुदण्डको रुपमा रहेको भएकाले विगत तिन हप्ता देखि विग्रीदा सेवा प्रभावहमा समस्या भइरहेको थियो” उहाँले भन्नभुयो ।