अतिक्रमित भूमी कालापानी सहितको नक्साले संवैधानिक मान्यता पाएको अवसरमा राष्ट्रबादी नेता धामीको शालिकमा दिपावली

0
922

कालापानी न्युज, दार्चुला ।
भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा सहितको नेपालको नयाँनक्सा राष्ट्रपतिबाट प्रमाणिकरण भएको अवसरमा स्वर्गीय राष्ट्रबादी नेता प्रेम सिह धामीको शालिकमा दिपावली गरिएको छ ।
कालापानी नेपालको मुटु हो भनेर पहिलो पटक नेपालको संसद र सडकबाट आवाज उठाई कालापानीको मुद्दालाई राष्ट्रीय मुद्दाका रुपमा स्थापीत गराउने राष्ट्रबादी नेता धामीको सपनालाई सिगाें देशले आत्मसाथ गरेको अवसरमा दार्चुला सदरमुकाम खलंगामा रहेको शालीकमा विहिबार साझ प्रेम सिह धामी स्मृती प्रतिष्ठानको आयोजनामा दिपावली गरिएको हो ।


नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता ज्ञानेन्द्र घर्तीले प्रेम सिह धामीले उठाएको कालापानीको मुद्दामा सिगाें देश एक ठाउँमा रहेको भन्दै धामीले देखाएको बाटोमा देश हिडेकोमा खुशीयाली ब्यक्त गर्र्दै शालीकमा दिपावली गरेका छन् ।
दिपावलीमा प्रेम सिह धामी स्मृती प्रतिष्ठानका ब्यक्तित्व, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।