हिमपातले अवरुद्ध धार्चुला–लिपुलेक सडक गुञ्जीसम्म खोलियो

0
529
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, फागुन १३ गते ।

हिमपातका कारण बन्द रहेको नेपाली अतिक्रमित भूमी जोड्ने गर्बाधार–लिपुलेक सडक बुधबारबाट गुञ्जीसम्म खोलिएको छ । भारतीय सेनाको निर्माण कम्पनी विआरओले हिमपातले अवरुद्ध सडक गुञ्जीसम्म सञ्चालनमा ल्याएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।

पुष–माघ महिनामा भएको हिमपातका कारण गर्बाधार–लिपुलेक सडक खण्डको विभिन्न क्षेत्रमा सडक बिग्रिएको थियो । सडकमा हिँउका साथै ढुङ्गामुडा थुप्रिएका थिए । विषम भौगोलिक परस्थिती र चिसो मौषममा सडक खोल्नका लागि विआरओले विभिन्न समस्या खेप्नुपरेको थियो ।
भारतले अतिक्रमण गरेको नेपाली गाउँ गुञ्जी सम्म सडक खुलाइए पनि त्यस भन्दा अघिल्लो क्षेत्रमा भारी हिमपातले अवरुद्ध रहेको छ । गुञ्जी सम्म सडक खुला हुदाँ भारतीय सेनाका गाडी सञ्चालनमा सहज भएको छ ।