महाकाली नदीको बहाव नेपाल तर्फ मोड्ने गरि भारतले बनाइरहेको तटबन्धको काम रोकियो 

0
652
भारतीय पक्षले महाकाली नदी किनारमा बनाइरहेको तटबन्ध ।

दार्चुला, फागुन १३ गते । 


महाकाली नदीको बहाव नेपाल तर्फ मोड्ने गरि दार्चुला सदरमुकामको पारी पट्टी भारतले बनाइरहेको तटबन्धको काम रोकिएको छ । 

नदीको बहाव मोडिनेगरि भारतले बनाइरहेको उक्त तटबन्धको नेपालमा विरोध गरिएको छ । एमाले नेता एवं प्रतिनिधि सभा सासंद गणेस सिह ठगुन्नाले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यसैगरि नेकपा विप्लवले तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र दिएको थियो । 


तथापि नेपाली कारणले उक्त तटबन्धको काम रोकिएको नभइ भारतीय प्रशासनको अनुमति नहुदाँ काम रोकिएको हो । पिथौरागढ प्रशासनबाट तटबन्ध निर्माणका लागि नदी किनार खन्न अनुमति नपाइएकाले काम रोकिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।


भारतले महाकाली नदीको छालबाटै खनेर तटबन्ध बनाइरहेको छ । भारतको सिचाई विभागाबाट कार्यान्वयन भइरहेको तटबन्ध निर्माणका लागि नदी किनारबाट बालुवा र गिट्टी निकाल्न भारतमा प्रशासनको अनुमति चाहिन्छ । सुरुमा दिएको अनुमति सकिदाँ हाल काम रोकिएको हो ।