बाढी प्रभावित दुहुँमा समाज कल्याण समाजद्धारा काठेपुल निर्माण

0
469
फोटोः सामाजिक सञ्जाल

दार्चुला, असोज १ गते ।

दार्चुलाको दुहुँ गाउँपालिकामा गत भाद्र १३ गते राती आएको बाढीका कारण बगेका पुलहरुको ठाउँमा काठेपुल निर्माण गरिएको छ ।

समाज कल्याण दार्चुलाले बाढी पहिरो प्रभावित दुहूँ गाउँपालिकाका विभिन्न सात ओटा स्थानमा काठेपुल निर्माण गरेको छ । संस्थाको निर्णय अनुसार बाढी पहिरो प्रभावित क्षेत्रमा आवत् जावतमा सहजता पु¥याउने उद्देश्यले काठेपुल निर्माण गरिएको समाज कल्याण समाजका अध्यक्ष रघुबीरसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
आपतकालिन मानवीय सहयता कार्यक्रम अन्तरगत युएनडिपी नेपालसंगको सहकार्यमा समाज कल्याण समाज दार्चुलाले दुहूँका विभिन्न खोलामा काठेपुल तथा स्कभर निर्माण गरेको छ । स्थानीय, गाउँपालिका, वडा कार्यालय, सुरक्षा निकाय तथा नेपाल रेडक्रस सोसाइटी दार्चुलासंगको समन्वयमा उक्त पुलहरु निर्माण गरिएको हो ।
दुहूँ गाउँपालिकाको खरिखाना नानीगाड, भल्भडे उडालु गाड, कालागाड भाडी, बाङसेरा भर्मेली सिमार कालागाड निजाङगाडमा काठेपुल र दुल्ला क्षेत्रमा एउटा स्कभर निर्माण कार्य गरिएको अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो ।