१८ मिनेट खोलिएको सीमा पुलमा डेढ सय बढीले आवतजावत गरे

0
709
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, कार्तिक २९ गते ।
दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत जाड्ने सीमा पुल शनिबार बेलुकी १८ मिनेटका लागि खोलिएको छ । करिब बेलुकी सात बजे देखि सात बजेर १८ मिनेट सम्म खोलीएको सीमा पुलमा ८० जना भारत गएको र ९२ जना नेपाल आएको दार्चुला प्रहरीले जनाएको छ । तिहारका लागि गाउँघर आइरहेका नेपालीहरु भित्रीन सीमा पुल खोलीएको हो । तिहारका लागि तीन दिन सम्म नेपाल भारत जोड्ने उक्त सीमापुल खोल्न धार्चुलाका ब्यापारीहरुले माग गरिरहेका थिए । माग पुरा नभएपछि शुक्रबार पुल क्षेत्रमा प्रर्दशन गरेका थिए । उनिहरुको प्रर्दशनले तिहारका लागि गाउँघर तिर आएका नेपालीहरु धार्चुलामै अलपत्र परेका थिए । पछिल्लो सयम दिउँसो भन्दा बेलुकी पुल खोल्ने गरिएको छ । शुक्रबार पनि बेलुकी बिरामीलाई भारत लैजाने प्रयोजनका लागि सीमा नाका खोलिएको थियो ।