साढे चार हजार सदस्यको हातमा दार्चुला काँग्रेसको नेतृत्व

0
574
फाइल फोटो

दार्चुला, भाद्र १८ गते ।
काँग्रेस नेताहरुको पार्टी जीवनको भविष्य नेपाली काँग्रेस दार्चुलाका झण्डै साढे चार हजार क्रियाशील सदस्यहरुको हातमा पुगेको छ ।

नेपाली काँग्रेसको आसन्न १३ औँ महाअधिवेशनमा नेतृत्व चयनगर्न दार्चुलाका ४ हजार ४ सय ७५ क्रियाशील सदस्यहरुले मतदानगर्ने छन् ।
क्रियाशील सदस्यहरुले वडा समितिका पदाधिकारीहरुको चयन गरी पालिका, प्रदेश र जिल्ला समितिको चयनगर्ने छन् भने महाअधिवेशन प्रतिनिधिको पनि छनोट गर्ने छन् ।
क्रियाशील सदस्यहरु मध्येबाट वडा सभापति सहित १६ जनाप्रतिनिधि छनोट गरिनेछन् र तिनै सोह्र जनाले पालिका, प्रदेश र जिल्ला समिति सहित महाअधिवेशन प्रतिनिधि चयन गर्ने छन् ।
जिल्लाका ४ हजार ४ सय ७५ क्रियाशील सदस्यहरुले जिल्लाका ६१ वडामा ९ सय ७६ जनाप्रतिनिधि छनोट गर्ने छन् र तिनैले नेपाली काँग्रेसको पालिका, प्रदेश क्षेत्र, जिल्ला समिति र महाअधिवेशनको टुंगो लगाउने छन् ।

नवीकरण गर्नेभन्दा नयाँ सदस्य झण्डै दोब्बर

नेपाली काँग्रेसको आसन्न महाअधिवेशनमा भाग दिने नवीकरण गर्ने भन्दा नयाँ सदस्यहरुको संख्या झण्डै दोब्बर देखिएको छ । आसन्न महाअधिवेशनका लागि नेपाली काँग्रेसको क्रियाशील सदस्यहरु मध्ये १ हजार ८ सय ६४ जनाले सदस्यता नवीकरण गराएका छन् भने २ हजार ६ सय ११ जनाले नयाँ सदस्यतालिएका छन् । सदस्यता नवीकरण गर्नेमा महाकाली नगरपालिकाका बढी छन् भने नयाँ सदस्यता लिनेमा ब्यासँ गाउँपालिकाका बढी रहेका छन् ।
महाकाली नगरपालिकामा ३ सय ९० जनाले सदस्यता नवीकरण गराएका छन् भने ब्याँस गाउँपालिकामा ३ सय ९२ जनाले नयाँ सदस्यता लिएका छन् । नवीकरण गर्ने र नयाँ सदस्यता लिने गरी सबैभन्दा बढी सदस्य महाकालीमा छन् भने सबैभन्दा कम दुहूँगाउँपालिकामा रहेका छन् ।
महाकाली नगरपालिकामा नवीकरण गर्ने ३ सय ९० र नयाँ सदस्यता लिने ३ सय २३ गरी ७ सय १३ जना क्रियाशील सदस्य छन् भने ब्याँस गाउँपालिकामा १ सय ९५ नवीकरण गर्ने र ३ सय ९२ जना नयाँ सदस्यतालिएका सदस्य छन् ।
महाकाली नगरपालिका पछि सबैभन्दा बढी क्रियाशील सदस्य मालिकार्जुन गाउँपालिकामा देखिएका छन् । मालिकार्जुनमा ३ स्य २७ ले नवीकरण गरेका छन् भने ३ सय २१ जनाको नयाँ सदस्यता गरी ६ सय ४८ जनाक्रियाशील सदस्य छन् ।
शैल्यशिखर नगरपालिकामा २ सय ५६ जना नवीकरण गरेका र ३ सय ८७ जनानयाँ गरी ६ सय ४३ जना क्रियाशील सदस्य रहेका छन् भने ब्याँसमा १ सय ९५ नवीकरण गर्ने र ३ सय ९२ नयाँ गरी ५ सय ८७ जना जना क्रियाशील सदस्य रहेका छन् ।
आसन्न महाअधिवेशनमा अपीहिमाल गाउँपालिकामा १ सय २ जना नवीकरण गरेका र २ सय २० जना नयाँ सदस्यले भाग लिनेछन् भने दुहुँ गाउँपालिकामा १ सय ९७ नवीकरण गरेका र ३ सय ११ जनानयाँ गरी ५ सय ८ सदस्यले भागलिने छन् ।
नेपाली काँग्रेसको क्रियाशील सदस्यताको संख्या हेर्दा नौगाढ गाउँपालिकामा सबैभन्दा कम देखिन्छ । नौगाढमा ७८ जनाले सदस्यता नवीकरण गरेका छन् भने २ सय २३ जना नयाँ गरी ३ सय १ जनाले क्रियाशील सदस्यहरुले महाअधिवेशनमा भागलिने छन् । मार्मा गाउँपालिकामा महाअधिवेशनमा भागलिने सदस्यहरुको संख्या १ सय ९६ नवीकरण गरेका र १ सय ६५ जनानयाँ सदस्य गरी ३ सय ६१ रहेको छ भने लेकम गाउँपालिकामा १ सय २३ जना नवीकरण गरेका र २ सय ६९ जना नयाँ गरी ३ सय ९२ जनाले महाअधिवेशनमा भागलिने छन् ।

सहमति मै नेतृत्वचयनगरिने सचिवःकोली

आसन्न महाअधिवेशनमा वडादेखि जिल्लासम्मको नेतृत्वचयनकार्य सहमति मै गरिने जिल्ला समिति सचिव गोबद्र्धन कोलीले जानकारी दिएका छन् ।
‘जिल्लाकार्य समितिको बैठकमा नेतृत्वचयनका बारेमा छलफल भएको छ, नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको राय सल्लाह अनुसार सहमति मै नेतृत्व चयनगर्ने निर्णय पनि गरेका छौँ ।’ सचिव कोलीले भने ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति तथा शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीले जिल्ला कार्यसमितिको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् तर अन्य पदहरुमा अहिलेसम्म कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।
महाअधिवेसन सम्पन्न गर्न सभापति ललितसिह बोहराको संयोजकत्वमा ५ सय १ सदस्य रहेको अधिवेशन मूलव्यवस्थापन समिति गठन गरेर नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ ।
नेपाली काँग्रेस दार्चुलाले भदौ २२ गते वडा केन्द्रहरुमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ ।