दुहुँका बाढी पहिरो पिडितलाई इन्भेस्टमेन्ट बैंकको सहयोग

1014

दार्चुला, भाद्र १८ गते ।
दुहुँ गाउँपालिका क्षेत्रमा भाद्र १३ गते राती आएको बाढी पहिरोका कारण पिडित परिवारलाई नेपाल इन्भेस्टमेन्ट दुहुँ गाउँपालिका शाखाले आर्थिक सहयोग गरेको छ ।

दुहुँ गाउँपालिका वडा नं २ का वडाध्यक्ष गोबिन्द डडाल मार्फत बाढि पहिरो पिडित परिवारहरुका लागि नगद ११ हजार पाँच सय रुपैयाँ सहयोग गरिएको इन्भेस्टमेन्ट बैकं दुहुँ गाउँपालिका शाखा प्रमुख बिरेन्द्र सिह कार्कीले जानकारी दिनुभयो । बाढी पहिरोका कारण दुहुँ गाउँपालिका ठुलो धनजनको क्षती भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !