Tuesday, March 19, 2024

समाचार

टिंकर सडकमा मलेप टाेलीकाे निरीक्षण

दार्चुला, माघ २८ । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला-टिंकर सडकमा महालेखापरीक्षककाे कार्यालयकाे उच्चस्तरीय टाेलीले निरीक्षण भ्रमण गरेकाे छ । आइतबार सैनिक हेलिकप्टरबाट उप-महालेखापरीक्षक विन्दु विष्ट नेतृत्वको टाेलीले सुन्सेरास्थित आयाेजना कार्यालय र सडक निर्माणस्थल तुषारपानी-फतङगाड क्षेत्रकाे स्थलगत भ्रमण गरेकाे हाे । निर्धारित मापदण्डअनुसारकाे बजेट कार्यान्वयनकाे पाटाेमा मलेप टाेलीले स्थलगत निरीक्षण गरेकाे महालेखा परीक्षक...

टिंकर सडकलाई छुट्टै याेजना बनाउन माग

दार्चुला, माघ २३ गते । नेकपा (एकीकृत समाजवादी)ले दार्चुला-टिंकर सडक खण्डलाई छुट्टै याेजना बनाउन माग गरेकाे छ । पार्टीका दार्चुला सह-इन्चार्ज गणेश कुमार जाेशीले मंगलवार भाैतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालासंग विशेष ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् । महाकाली काेरिडाेरबाट टिंकर सडकलाई छुट्याएर अलग्गै याेजना बनाउन माग गरिएको नेता जाेशीले...

टिंकर सडकमा ३ करोड बजेट खर्च

दार्चुला, माघ २३ गते । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निर्माणमा ३ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३ करोड २ लाख ९९ हजार ९ सय २० रुपैयाँ खर्च भएको रक्षा मन्त्रालयले जनाएको छ । सरकारले टिंकर सडक निर्माणका लागि यो वर्ष १४...

सेना अन्तर्गत सञ्चालित अधिकांश योजना सन्तोषजनक छन् : रक्षामन्त्री खड्का

काठमाडौं, माघ २१ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षामन्त्रालय र नेपाल सेना अन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन्। आज रक्षामन्त्रालयमा बसेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आवको...

१० लाखको स्वास्थ्य वीमा गरिए ९८ प्रतिशत समस्या हल हुन्छ ः सांसद शर्मा

दार्चुला, माघ २२ गते । स्वास्थ्यक्षेत्र र सुशासनको मुद्दा उठाएर चर्चामा रहेका प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माले स्वास्थ्य वीमाको रकम बढाएर १० लाख रुपैयाँ निर्धारण गरिए स्वास्थ्यक्षेत्रका ९८ प्रतिशत समस्या हल हुने बताएका छन् । स्वास्थ्य शिविर सञ्चालनको क्रममा दार्चुला पुगेका सांसद शर्माले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्...

छ महिनामा २४ ट्रान्सफर्मर जडान

दार्चुला, माघ २२ गते । नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले छ महिनामा २४ नयाँ ट्रान्सफर्मर जडान गरेको छ । राष्ट्रिय प्रशारण लाइन विस्तार भएको क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान गरिएको केन्द्रले जनाएको छ । २५ केभीए क्षमताका १७ वटा, १५ केभीए क्षमतामा दुइटा र ५० केभीए क्षमताको एउटा ट्रान्सफर्मर नयाँ...

महाकालीको मोटरपुलमा एकीकृत भवन निर्माणको तयारी

दार्चुला, माघ २१ गते । महाकाली नगरपालिकाको वडा नम्बर ८ असिगडामा निर्माणाधिन महाकालीको मोटरपुलमा एकीकृत सरकारी भवन निर्माणको गृहकार्य थालिएको छ । नेपाल–भारत जोड्ने १ सय १० मिटर लामो दुई लेनको मोटरपुल निर्माण भइरहेको अवस्थामा नेपालतर्फ सरकारी संरचना निर्माणको पहल सुरु भएको हो । मोटरपुल निर्माण कार्य भारत सरकारको लगानीमा...

महाकाली कोरिडोरमा ८१ प्रतिशत बजेट खर्च

दार्चुला, माघ २१ गते । महाकाली कोरिडोरमा चालू वर्षमा विनियोजित बजेटको ८१ प्रतिशतभन्दा बढी खर्च भएको छ । साउनदेखि माघ १५ सम्मको अवधिमा २४ करोड २५ लाख रुपैयाँ खर्च भएको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ । संघीय सरकारले चालू वर्षमा महाकाली कोरिडोरमा २९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन...

कर्मचारी आवाश भवन थप एक वर्षका लागि नगरपालिकालाई

दार्चुला, माघ २० गते । दार्चुला सदरमुकाम खलंगास्थित निजामती कर्मचारी आवाशको भवन थप एक वर्षका लागि महाकाली नगरपालिकालाई दिइने भएको छ । पाँच वर्षदेखि नगर कार्यपालिकाको कार्यालय सञ्चालन हुँदैआएको भवन र परिसर थप एक वर्षका लागि उपलब्ध गराउनेबारे जिल्लास्तरमा सहमति गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय...

२५ दिनभित्र खलंगा खानेपानीका सबै काम पूरा गरिने

दार्चुला, माघ २० गते । दार्चुला सदरमुकाममा सञ्चालन भइरहेको खलंगा खानेपानी, ढल तथा सरसफाई आयोजनाको सबै निर्माण कार्य २५ दिनभित्र गरिसक्ने सहमति गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा शुक्रवार बसेको सरोकारवालाहरुको बैठकले यसबारे सर्वसम्मत निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी किरन जोशीको अध्यक्षतामा भएको बैठकमा खानेपानी उपभोक्ता समिति,...

दुई लाखकाे सामान र दुई मान्छेसहित टेक्टर नियन्त्रणमा

दार्चुला, माघ १६ गते । दार्चुला प्रहरीले भन्सार छलेर ढुवानी हुँदै गरेकाे झण्डै दुई लाखकाे खाद्यान्न र दुइमान्छे सहित एउटा टेक्टर नियन्त्रणमा लिएको छ । खलंगाकाे बजार क्षेत्रबाट साेमबार साँझ टेक्टरमा बाेकिदै गरेको अवस्थामा सामानसहित दुइजना समातिएका हुन् । टेक्टरमा २५ किलाेग्रामका ९२ कट्ठा मसिनाे चामल र ३ कट्ठा चिनी ढुवानी...

तीन वर्षमा भन्सार महशुल दोब्बर वृद्धि

दार्चुला, माघ १६ गते । दार्चुला भन्सार कार्यालय स्थापना भएको तीन वर्षको अवधिमा भन्सार महशुल दोब्बर वृद्धि भएको छ । दार्चुला सदमुकाम खलंगामा रहेको छोटी भन्सार कार्यालयलाई २०७७ भदौ १ देखि मूल भन्सार कार्यालयमा स्तरोन्नती गरिएपछि भन्सार महशुलको अंक दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०७८÷७९ मा १९ लाख...

दार्चुलामा चार महिनाको भन्सार संकलनको लक्ष्य अधुरो

दार्चुला, माघ १५ गते । दार्चुला भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा चार महिनामा भन्सार संकलनको लक्ष्य पूरा गर्न सकेको छैन । साउन र कार्तिक महिनामा मात्रै लक्ष्यभन्दा बढी भन्सार महशुल संकलन गरिएको छ । भदौ, असोज, मंसिर र पुष महिनाको भन्सार लक्ष्यअनुसार उठ्न नसकेको दार्चुला भन्सार कार्यालयका...

टिंकर सडक कछुवा गतिमा, छ महिनामा ७ सय २० मिटर सडक निर्माण

दार्चुला, माघ १४ गते । नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिंकर सडक कछुवा गतिमा निर्माण भइरहेको छ । चालु आर्थिक वर्षको छ महिनामा जम्मा ७ सय २० मिटर सडक निर्माण गरिएको छ । नेपाली सेनाको हेडक्वाटरले साउनदेखि पुष मसान्तसम्मको अवधिमा ७ सय २० मिटर लामो सडकको नयाँ ट्रयाक निर्माण भएको...

आठपटक भन्सारछलीका सामान बरामद तर सबै ‘बेवारिसे अवस्थामा’

दार्चुला, माघ १३ गते । चालु आर्थिक वर्षमा दार्चुलामा भन्सार छलेर नेपाल भित्रिएका सामान ८ पटक बरामद गरिएका छन् । तर आठैपटक सुरक्षाकर्मीले ‘बेवारिसे अवस्थामा’ सामान फेला परेको अभिलेख खडा गरिएको छ । भन्सार छलेर नेपाल ल्याइएका सामान बरामद गर्ने सुरक्षाकर्मीले ती सामान ओसारपोसार गर्ने मान्छे र सवारीसाधनलाई भने...

लोकप्रिय