विहीबार बेलुकी देखि दार्चुलाको विद्युत अवरुद्ध 

0
499
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

दार्चुला, बैशाख १६ गते । 

विहीबार बेलुकी देखि दार्चुला सदरमुकाम लगायत राष्ट्रिय प्रसारण लाईन जोडिएका क्षेत्रको विद्युत अवरुद्ध बनेको छ ।

शैल्यशिखर नगरपालिकाको बरमुडे जंगलमा हावाहुरीले तीन विद्युतीय पोलहरु ढल्दा विद्युत अवरुद्ध बनेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । विहीबार बेलुकी वर्षा सँगै लागेको हावाहुरीले तीन पोलहरुमा क्षति पुगेको र नयाँ पोलहरु हाल्नुपर्ने भएकाले विद्युत सुचारु गर्न एक दुई दिन लाग्ने बताइएको छ । झण्डै २४ घण्टा सम्म विद्युत अवरुद्ध हुदाँ दार्चुलाबासि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत नहुदाँ बैकं तथा वित्तिय संस्था, सरकारी कार्यालय, विद्यालय लगायत एफएम रेडियोहरुको सेवा प्रभावित बनेको छ ।