विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संघर्ष समितिले संघर्षका कार्यक्रम गर्दै

0
642

दार्चुला, मंसिर १९ गते ।
सामुदायिक विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संघर्ष समिति दार्चुलाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण तथा कार्यक्रम पुस्तिकामा उल्लेख भए अनुसारको मासिक तलब भत्ता दार्चुलाका विभिन्न स्थानीय तहहरूले निकासा नगरेका कारण विद्यालय शिक्षक तथा कर्मचारी मर्कामा परेको महेन्द्र नमुना माध्यमिक विद्यालयका लेखापाल तोयराज जोशीले बताउनुभयो । 

शिक्षक तथा विद्यालय कर्मचारीहरूले पटक–पटक बजेट भाषण तथा कार्यक्रम पुस्तिकामा उल्लेख भए अनुसारको मासिक तलब भत्ता उपलब्ध गराउन माग गरेको भएपनि कुनै सुनुवाइ नभएकोले संघर्ष समितिको जिल्ला भेलाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
मंसिर २० गते स्थानीय तहको हातामा बिहान १० बजे देखि अपराह्न चार बजे सम्म कालो पट्टी बाधी विरोध गर्ने, २१ गते मैनबत्ति जुलुस, २२ गते घण्टी जुलुस र २३ गते तालाबन्दीको कार्यक्रम रहेको संघर्ष समिति अध्यक्ष गजेन्द्र ग्वाइलाले जानकारी दिनुभयो ।