लटिनाथमा चरेश सहित एक जना पक्राउ

0
594
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, असार ४ गते ।
मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ बजारबाट एक जना लागु औषध चरेश सहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लटिनाथका इन्चार्ज प्रहरी निरीक्षक नारायण सिह विष्टको टोलीले एक जनालाई चरेश जस्तो देखिने २८ ग्राम कालो पदार्थ सहित पक्राउ गरेको दार्चुलाका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । प्रहरीले विहिबार बेलुका सवा ६ बजेको समयमा मार्मा गाउँपालिका वडा नं ४ मा रहेको लटिनाथ बजारमा ब्यवसाय गर्दै आइरहेका बर्ष ४३ का पदम विष्टलाई पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा विष्टको खानतलासि गर्दा खल्तीबाट चरेश बरामद गरिएको प्रहरी प्रवक्ता एबं प्रहरी निरीक्षक चन्दले बताउनुभयो । चरेश सहित प्रहरीले पक्राउ गरेका विष्टलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइदै छ । चरेश भएको पुष्टि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट गरिने तथा घटनामा आवस्यक अनुसन्धान गरिने उहाँको भनाई छ ।