माल्पामा खसेको पहिरो हटाउन थालियो

0
618
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

दार्चुला, माघ २१ गते
भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक सडकका कारण माल्पा क्षेत्रमा पहिरो खसस्दा महाकाली नदी आसिंक रुपमा थुनिएको छ । सडक निर्माणका क्रममा चट्टन खस्दा महाकाली नदी आसिंक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

सडक निर्माणमा क्रममा उत्तरी क्षेत्रमा ठाउँठाउँमा सीमा नदी महाकाली थुनिएको भएपनि माल्पा क्षेत्रमा मंगलबार बेलुकी पहिलो खस्दा नदी आसिंक रुपमा थुनिएको बुझिएको छ । महाकाली नदीमा खसेको पहिरो भारतले हटाउन सूरु गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

पहिरो आज भोली मात्रै खसेको होइन पहिले देखिको नै हो , भारतले सडक विस्तार गर्दा गरेको विस्फोटले माथिबाट खसेको पहिरोले नदी अवरोध गरेको हो, उहाँले भन्नुभयो ।पटक पटक भइरहेको विस्फोटले नदी अवरोध गर्ने गरेको र भारतले नै पहिरो हटाउने कामगर्ने गरेको उहाँको भनाई छ । त्यसै सिलसिलामा हिजो पनि पहिरो खसेको हो, सफा गर्ने काम भारतले नै गरिरहेको छ, अवस्था सामान्य नै छ उहाँले भन्नुभयो ।

पहिरो खसेकाले महाकाली नदी थुनि गएको तथा उक्त थुनिएको पानी कुनै पनि बेला फुटुन सक्ने भन्दै जिल्ला प्रशान कार्यालय कञ्चनपुरले मंगलबार सूचना जारी गरेको थियो । उक्त सूचनाले माल्पा क्षेत्रमा सन् १९९८ को जस्तै कुनै ठुलै पहिलो खसेको हो भन्ने अड्कलबाजी भइरहेको थियो । दार्चुलाको ब्यास गाउँपालिका वडा नं २ मा पर्ने उक्त माल्पा–घाटीबगड क्षेत्रमा नेपाली सेनाले केहि महिना अघि ब्यास गाउँपालिकाको वडा नं १ छाङरु तिंकर जोड्ने बाटो बनाएको थियो ।