धौलीगंगा परियोजनाको बाँधका ढोका खोलिदै

0
584
धौलीगङ्गा परियोजनाको बाँध, फोटोः एनएचपीसी

दार्चुला, माघ २१ गते । भारतले एक महिना सम्म धौलिगङ्गा जलविद्युत आयोजनाका बाधका ढोकाहरु खोल्न लागेको छ । परियोजनाको ड्याम साइटमा मर्मत कार्य गर्न प्रयोजनका लागि बाँधका ढोकाहरु खोल्न लागेको सम्बन्धी पत्र आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । माघ २५ गते बेलुकी ७ बजेदेखि फागुन २५ गतेसम्म मर्मत कार्य गरिने भएकाले उक्त समयसम्म बाँधका ढोका खोल्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो । बाधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीको जल स्तर बढ्न सक्ने हुदाँ महाकाली नदी क्षेत्रका बासिन्दाहरुलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैमा अनुरोध गरेको छ ।२०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नगरि बाधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा ठुलो क्षती पुगेको थियो ।